काठमाडौं। पोखरा महानगरपालिका द्धारा पोखराको फोहोर ब्यवस्थापनको लागि ल्याण्डफिल्ड साइड पोखरा २२ को दुवारे क्षेत्रमा नराख्न आग्रह गरिएको छ । उक्त क्षेत्रको दुवारेमा फोहोर लैजाने प्रक्रिया अगाडि बढेको भन्ने समाचारहरु बिभिन्न सञ्चारमाध्यहरु बाट आएको प्रति नेकपा एमाले पोखरा २२ ले वडा कमिटिले प्रेस बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।
दुवारे क्षेत्र पोखरा २२ को बिभिन्न ठाउँहरुका साथै २१ नम्बर वडा र ३३ नम्बर वडा लाई समेत खानेपानि खुवाउने मूलहरु भएको र सामुदायिक वन नजिकै रहेको र सो क्षेत्रमा पाचँ लाख भन्दा बढि जनसख्या रहेकोले पोखराको फोहोर फाल्ने कुरा सोच्नु पनि आफैमा जनताको स्वाथ्य वातावरणमा बाच्न पाउँने संबैधानिक हक प्रति गरिएको कुठाराघात हो अध्यक्ष राजेन्द्र बराल र सचिव बिएस बास्तोलाले जारी गरेको प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ।