काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ। महानगरपालिकाकाले घरबाट निष्किएको कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
महानगरका अनुसार फोहर न्यूनीकरणका लागि उक्त अभियान सुरु गरिएको हो। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ। त्यसका लागि महानगरपालिकाको वातावरण तथा कृषि विभागमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। एउटा बिनका लागि १५ सय रुपैयाँ लाग्ने छ।
महानगरले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरबासीलाई भनेको थियो। तर त्यो अभियान सफल हुन नसकेपछि महानगरले बिन वितरणको अभियान सुरु गरेको हो।
