देवकोटाको घर पुरातात्विक महत्व भएको हुनाले न्यायाधिसद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पुरातत्व विभागसँग समन्वय गरेर नभत्काउन अन्तरिम आदेश दिएको छ।
काठमाडौंको मैतिदेविमा रहेको देवकोटाको घर भत्काइसकेपछि मात्र सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराइएको थियो । उँहाको घर पुरानो र एतिहासिक भएकोले त्यसको संरक्षण गर्न उक्त आदेश जारी गरिएको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काइ उक्त ठाँउमा अर्को नँया भवन निर्माण गर्ने तयारी गरिसकेको छ । त्यसैले उँहाको घरमा पुरातात्विक महत्वका सामान हुने अनुमान गरी पुरातत्व विभागसँग सल्लाह गरेर मात्र घर भत्काउन सर्वाेच्चले भनेको छ ।
देवकोटाको घर भत्काउने विरोधमा नेपाल प्रज्ञाप्रतिष्ठान लगाएतलाई विपक्ष बनाई सर्वाेच्चमा उनको घर भत्काइसके पश्चात रिट निबेदन दर्ता गरिएको थियो ।