काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केदारनाथमा आदिगुरु शंकराचार्यको प्रतिमा अनावरण गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार बिहान केदारनाथमा आदिगुरु शंकराचार्यको प्रतिमा अनावरण गरेका हुन्।
१३ फीट अग्लो र ३५ टन तौल भएको प्रतिमाको निर्माण सन् २०१९ मा शुरू गरिएको थियो । प्रतिमा अनावरण गर्नुअघि मोदीले केदारनाथ भगवान् शिवको पूजाअर्चना गरेका थिए ।
पूर्जाअर्चना र आरतीपछि मोदीले मन्दिर परिसरको निरीक्षण गरेका थिए । त्यसपछि उनले आदि शंकराचार्यको समाधिस्थलमा पुगेर प्रतिमा अनावरण गरे । प्रतिमाका अगाडि बसेर उनले ध्यान पनि लगाए ।