एजेन्सी । नाइजेरियाको लागोसमा निर्माणाधीन एक भवन भत्किँदा कम्तीमा पनि ४२ जनाको मृत्यु भएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा एक भवन भत्किँदा हालसम्म ४२ जनाको मृत्यु भएको हो ।
उद्धारकर्मीहरुले दुर्घटनामा के कतिजना नागरिक पुरिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको दुर्घटनाका १५ जनालाई भने जिवितै उद्धार गरिएको थियो ।
भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएको भनि बताएको जनाएका छन् ।