जनकपुरधाम। भारतको जयनगरबाट जनकपुरधाम कुर्था आउँदै गरेको रेलले किच्दा एकजनाको मृत्यु भएको छ।
जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा धनुषाको वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको हो। किचिएर धनुषाको नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पूर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ।
वैदेही रेल्वे स्टेशनमा खुलिसकेको रेलमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।