काठमाडौं। पूर्वाधार विकास कार्यालय, मोरङले समयमा काम नगर्ने निर्माण कम्पनीलाई सात दिन भित्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको छ। कार्यालयले आज (बुधबार) सूचना प्रकाशित गर्दै सात दिन भित्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो।
निर्माण कम्पनीहरुले समयमा काम गर्न नसकि कार्यालयबाट पटक–पटक समयमै काम सम्पन्न गर्न लिखित तथा मौखिक ताकेता गर्दा पनि वेवास्ता गरी निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै पनि चासो नदेखाएको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्रमा निर्माण कार्य सुरु गरी कार्य सम्पन्न गर्ने सुनिश्चितता एवं शंशोधित कार्यतालिका सहित अनिवार्य सम्पूर्ण जे.भी पार्टनरहरु कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ। अन्यथा सार्वजानिक खरिद ऐन २०६३ तथा सार्वजानिक खरिद नियमावली २०६४ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।
