धनगढी। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको छ । जुगेडामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको हो।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय धनगढीको लगानीमा ४५०/४५० घनमिटिर क्षमताका दुईवटा ओभरहेडपानी टंकी निर्माण गरिएको हो ।
वडा नम्बर १ को शान्तिनगरको ओभरहेडपानी टंकी निर्माणमा दुई करोड २२ लाख ५८ हजार र वडा नम्बर १२ को जुगेडामा दुई करोड १० लाख ४५ हजारभन्दा बढी रुपियाँ खर्च भएको खानेपानी संस्थान धनगढीले जनाएको छ।
दुईवटै ओभरहेडपानी टंकीको संस्थानका अध्यक्ष गुणाकर भुषाल र महाप्रबन्धक इश्वरप्रसादले बुधबार संयुक्तरुपमा उद्घाटन गरेका छन्।