काठमाडौं। पूर्वाधार विकास कार्यालय विराटनगरले समयमा काम नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै ६ वटा निर्मााण कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
कार्यालयका अनुसार यस अगाडी पनि सम्झौता भएअनुसारका कार्य सम्पन्न गर्न २०७९/०९/२० गते पत्रिकामा सात दिने सूचना जारी गरिएको र निर्माण व्यवसायीले कार्यालयलाई उपलब्ध गराएको आधिकारिक इमेल आइ.डी. मा सूचना पठाउदा समेत कार्यालयमा आवश्यक विवरण सहित सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
यो सूचना प्रकाशन भएको मितिबाट सात दिनपछि सम्बन्धित स्थानीय तहको प्रतिनिधि, सम्बन्धित सरोकारवाला र निर्माण व्यवसायीको प्रतिनिधि उपस्थित नभएमा नाँपजाँच काममा बाधा पर्ने कार्यालयले बताएको छ। ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचिमा राख्ने तथा अन्य काम गर्न लाग्ने खर्च समेत सरकारी बाँकी सरह मानी असुल उपर गर्ने तर्फ कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ।
