काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका छन्। सोमबार मन्त्री चौधरीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध र सुरुङमा भएको क्षतिको निरीक्षण गरेका हुन्।
सोही निरीक्षणका क्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र चाईनिज ठेकेदार कम्पनिका प्रतिनिधिसँग मन्त्री चौधरीले बाढीका कारण मेलम्ची आयोजनामा भएको क्षतिको विवरण लिएका थिए। बेमौसमी वर्षासँगै आएको बाढीको कारण मेलम्ची खानेपानीमा भएको क्षतिको विवरण लिनको लागि सोमबार खानेपानी मन्त्री मेलम्ची पुगेका हुन्।