बुटवल । मोतीपुर औधोगीक क्षेत्रमा औधोगिक करिडोरको नाममा रहेक जग्गा मिलाइदिने भनी स्थानीयसँग दुई सय रुपैया असुल गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मीको गोविन्द विक, स्याङ्जाको सोनु थापा, गुल्मी मदानेको कमला पन्थी र भुपाल सिंह रहेका छन् ।उनिहरुलाइे अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।
औधोगिक करिडोरको नाममा रहेको जग्गालाई कब्जा गरी संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चित कालको लागी निषेधाज्ञाको घोषणा गरेको छ । अघिल्लो वर्षदेखि नै सुकुमबासीको नाममा औधोगिक क्षेत्रको जग्गा अतिक्रमन भईरहेको र प्रशासनले गस्ती गरेर साध्य नलागेको कारणले निषेधाज्ञा लगाएको हो । जग्गा मिलाइदिने भन्ने गिरोह नै यस्तो कार्यमा संलग्न रहेका छन् ।
औधोगिक क्षेत्रको जग्गामा अवैध रुपमा अतिक्रमण हुने जोखिम बढेकाले पुर्वतर्फ तिनाउ नदी शिवनगरदेखि सौरहिया पुलसम्म, पश्चिमतर्फ हरिहरको खेतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं १७ सम्म, उत्तरतर्फ शिवनगर रानीगाउँ बस्तीसम्म र दक्षिणतर्फ औधोगिक करीडोरको जमिनसम्म जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।
निषेधित क्षेत्रभित्र निषेध गरिएको क्रियाकलाप गर्न नपाइने र यदि गरेको पाइएमा कानुन बमोजिम कार्बाही पनि गरिनेछ । मोतीपुरमा अवस्थीत जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेकोले त्याहाका स्थानीयले विरोध गरेपछि गत फागुन २१ गते औधोगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।