म्याग्दी। कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको छ । उक्त क्षेत्रमा पहिलो पटक जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको हो।
सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्याफ्टिङ सुरु गरेका हुन्।
स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्याफ्टिङ सुरु गरेको उनको भनाइ छ।
स्थानीय युवायुवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनीसम्म र्याफ्टिङ गराउन सकिने सम्भावना देखिएपछि र्याफ्टिङ। कायकिङ व्यवसायी र गाइडसँगको सहकार्यमा बेनीबाट व्यवसाय सुरु गरिएको हो।
जलयात्रा साहसिक हुने भएकाले अन्य यात्रामा जस्तो सहज बासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सबै स्तरका होटल सुविधा भएकाले बास, खाजाको समस्या नहुने र यात्रुको सुरक्षा हुने व्यवसायीले बताए।