एजेन्सी । कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री सुनकलाई जरिवाना गरिएको हाे ।
लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको बताएको छ। प्रहरीका अनुसार सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् भने उनले जरिवाना पनि तिर्नेछन्।
यहाँ सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्डसम्म जरिवाना हुन्छ। यदि मुद्दा अदालतमा पुग्यो यो ५ सय पाउन्डसम्म बढ्न सक्छ। भिडियो खिचिएको बेला प्रधानमन्त्री लङ्काशायरमा थिए, इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका थिए ।