काठमाडौं। सस्तो इन्टरनेट दिएर चर्चामा आएको इन्टरनेट सेवा प्रदायक सिजीले अर्को ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ। ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन्।
सिजीका अनुसार यो प्याकेज एक महिना, ३ महिना, ६ महिना र एक वर्षका लागि उपलब्ध हुनेछ। एक महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ, भने ६ महिनाको शुल्क तीन हजार ८ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी वार्षिक ग्राहकले सात हजार ७ सय ८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो।