मनाङ। भौगोलिक विकटताका कारण हिमाली जिल्ला मनाङको विकास र निर्माणमा असर परेको छ। जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको हो।
वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयले जनाएको छ। वातावरण प्रतिकूल रहने भएकाले बाँकी समय (चार।पाँच महिना)मात्र काम गर्न सकिने बताइएको छ।
वर्षाका कारण बैँसीशहर–चामे–मनाङ–खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कँदा यातायात सोवा अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको छ। सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ। ‘चिसोका कारण माथिल्लो मनाङ–ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङसार मा यतिबेला तापक्रम माइनसमा पुग्छ, यसले गर्दा सम्पूर्ण विकास निर्माणका काममा प्रत्यक्ष असर पारेको छ, निर्माणको कम पूर्ण रुपमा ठप्प भएको छ।
हालसम्म यहाँ हिमपात नभए पनि अब यहाँ हिमपात हुने सम्भावना बढेकाले कम मात्रामा रहेका कार्यसमेत अवरुद्ध हुनसक्ने बताइएको छ। यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिनामा मात्रै निर्माणको काम सहजरूपमा गर्न सकिन्छ।