बैतडी। सहिद दशरथ चन्दको जन्मभूमि बैतडीमा जेष्ठ चार शहीदका शालिक निर्माण गरिएको छ। जिल्लाको पाटन नगरपालिका–४ ठाँड बजारनजिक जेष्ठ चार शहीदका शालिक निर्माण कार्य सम्पन्न गरिएको हो
स्व राजबहादुर चन्दले शालिक निर्माणका लागि सुरुवात गरेको कामलाई पूर्णता दिएर माघ १५ गते शालिक अनावरण कार्यक्रमसमेत राखिएको नगरपालिकाले जनाएको छ।
सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिक निर्माण गरिएको हो। ठाँड बजारको नजिकै सहिदका शालिक राखिएको बताइएको छ।
सहरी विकास तथा भवन निर्माण कार्यालय, नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोगमा शालिक निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले बताएको छ।