बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ मा एक युवकले आगो लगाएर छोराको हत्या गरेका छन्। पेट्रोल छर्किएर आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको हो भने श्रीमतीको अवस्था गम्भीर छ।
कोहलपुरका ३० वर्षीय भानुभक्त विकले आइतबार दिउँसो श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । घटना घटाएर भारततर्फ भाग्दै गरेका विकलाई राति साढे १ बजे प्रहरीले पक्राउ गरेको छ।
जलेर गम्भीर घाइते भएका प्रिन्सको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान साढे ६ तिर मृत्यु भएको प्रहरीले जनाएको छ।
विकी श्रीमती गंगाको घाँटी, हात, कान लगायतका भाग जलेको छ ।गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। उनले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।