काठमाडौं। छठ पर्वका अवसरमा काठमाडौंको गौरीघाटमा पूजाका लागि छठघाट निर्माण गरी सरसफाइ पनि गरिएको छ। विशेष गरी तराईमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएकाले गौरीघाटमा पुजाको लागि छठघाट निर्माण गरिएको हो।
छठघाट निर्माण गरी गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ। घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्षले जानकारी गराएका छन्। छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज ३ बजे गौरीघाट जाने कार्यक्रम रहेको छ।