एजेन्सी। टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार टर्कीमा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा गएको हो। लगभग २० लाख जनसंख्या भएको यस क्षेत्रमा भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका छन् । एकजना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताएका छन्।