जुम्ला। चन्दननाथ नगरपालिकाकाे एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छाेरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमुली लोकबहादुर भने घाइते भएका छन । आगलागी भएकाे घरमा भण्डारीका सासु श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए ।
उनका अनुसार लोकबहादुर खुट्टा पोलेकाे छ भने अन्य परिवार सहकुशल रहेका छन् । उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो । प्रहरीका अनुसार आगो दाेस्राे तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।
प्रहरीले आगाेलागीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।