एजेन्सी। टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि निधन भएको छ । तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।
टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन ।
'हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन,' क्लबले जारी गरेको विज्ञप्ति भनिएको छ, 'हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ।'
सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।