काठमाडौं। लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।
बुधबार बिहान ७ः१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ।
यसअघि माघ १० गते बाजुरामा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो।