एजेन्सी। उत्तरी इजिप्टमा आवासीय भवन भत्किँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार चारतले भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको हो।
घटनामा अन्य २० जना घाइते भएका छन् । राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो ।
दुर्घटनामा दुई जना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।
घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरि प्रहरी घेराबन्दी गरिएको छ ।