काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुनवलमा कभर्डहलको निर्माण सुरु गरिएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुरमा सो कभर्डहलको निर्माण सुरु गरिएको हो ।
कभर्डहल निर्माणका लागि नगरपालिकाले तत्कालका लागि रु ६० लाख उपलब्ध गराएको कभर्डहल निमार्ण उपभोक्ता समितिले जनाएको छ।
वडादेखि नगरको समग्र विकासका लागि सम्पूर्ण खेलाडीलाई एकै ठाउँमा समावेश गरिने गरी तेक्वान्दो, भलिबल र टिटीलगायतका खेल खेल्न मिल्ने कभर्डहलको निर्माण गरिएको नगरपालिकाले बताएको छ।
कभर्ड हल एउटा वडाको मात्र जिम्मेवारी नभई नगरभित्रकै आयोजना भएकाले बजेट अभाव हुन नदिनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने बताइएको छ।