काठमाडौं। सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकेदारलाई प्राविधिक तालिम दिएको छ। कम्पनीले भवन निर्माणमा संलग्न प्राविधिकलाई सिमेन्टको ग्रेडबारे जानकारी दिँदै तालिम दिएको हो।
सर्वोत्तम सिमेन्टका अनुसार हाल नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुँदै आएको छ। ठेकेदारलाई यी दुई ग्रेडको फरक र उपयोगिताका बारेमा जानकारी समेत जानकारी दिएको छ।
साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्ने भन्ने विषय समेत तालिममा समेटिएको थियो।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाले सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। यो सिमेन्ट आइएसओ. ९००१ गुणस्तरबाट समेत प्रमाणित छ।