दोलखा। बतैश्वर गाउँपालिकाले धारा जगान गर्नका लागि लगत संकलन गर्ने भएको छ। गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्तर्गत धारा नहुने घरको लगन संकलन गर्न लागेको हो।
‘एक घर, एक धारा’ कार्यक्रमबाट छुटेका व्यक्तिको घरमा धारा जडान गर्नको लागि लगन संकलन गर्न लागेको हो । गाउँपालिकाले आगामी पाँच दिनभित्र लगत संकलन गरि सक्ने जनाएको छ।
यसका लागि धारा नभएका स्थानीयले नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ।