एजेन्सी। फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा आगोलागी हुँदा २ जनाको मृत्यु भएको छ। मियामयीको डेड काउन्टीस्थित मेडलेमा रहेको कम्पनीमा मंगलबार विस्फोट भइ आगोलागी हुँदा दुई जनाको मृत्यु भएको हो।
आगोलागीमा परी अन्य तीन जना घाइते भएका छन्। दुर्घटनाको छानबिन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ ।
सोमबार पनि ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोट भएको थियो। सोमबारको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।