पर्सा। वीरगन्ज महानगरपालिकाले भेडाहा खोलामा तटबन्ध निर्माणको काम सुरु गरेको छ। महानगरपालिकाले वडा २७ देखि ३१ सम्म ५ वडाका निम्ति सुरु गरेको हो ।
ठेकेदार रमन एन्ड विकास ब्रदर्स ज्वाइन्ट भेन्चरका कम्पनीले २०८० असारमा सम्पन्न गर्ने गरी खोलामा १२ किमी लामो तटबन्ध निर्माण गरिरहेको छ । खोलाको उत्तर दक्षिण दुवैतर्फ गरी १२ किमि लामो तटबन्ध निर्माण भइरहेको छ । राष्ट्रिय योजना आयोगको संपूरक बजेटबाट महानगरपालिकाको कार्यालयले २४ करोड ६३ लाख ५ हजार रुपैयाँ लागतमा भेडाहा खोला नदी नियन्त्रण परियोजना सञ्चालन गरेको हो ।
उक्त तटबन्ध माथि साढे ५ मिटर चौडा कच्ची बाटो बन्नेछ । महानगरपालिकाका अनुसार सो तटबन्ध निर्माण भएपछि जग्गाको कटान र बस्तीमा बाढी पस्ने समस्यासमेत समाधान हुने भएको छ। ‘