धनगढी। धनगढी उपमहानगरपालिका–२, दक्षिण बेहडीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ।
कुहिने फोहोरमैला व्यवस्थापनको उद्देश्यले उपमहानगरपालिकाले २० करोड ८४ लाख लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र (वास्टे टु इनर्जी प्रोजेक्ट) निर्माण गरिएको हो।
एसियाली विकास बैंक वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत र निजी क्षेत्र देव फार्म हाउसका सञ्चालक रविनकान्त पन्तको ६० प्रतिशत लगानीमा धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त संरचना निर्माण भएको छ।
निजी क्षेत्रका पन्तले २० वर्षसम्म फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरेर त्यसपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखाले जनाएको छ। २० फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा एडीबी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ८ करोड ३३ लाख ६० हजार अनुदान लगानी गरेको छ। यस्तै निजी सञ्चालकको १२ करोड ५० लाख ४० हजार लगानी रहेको छ। त्रिपक्षीय लगानीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई फोहोर प्रशोधनको तयारीमा रहेको छ।