मकवानपुर। हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। कोइला आपूर्ति भएपछि शुक्रबारदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो।
कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा एक हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको बताएको छ।
आपूर्ति भएको कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने उद्योगले जनाएको छ। बाँकी कोइला आउने क्रममा रहेको छ।