पर्वत। पर्वत जिल्लाको मोदी गाउँपालिकामा दुई दिने घरधुरी सर्वेक्षण तालिम सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको घरधुरी सर्वेक्षणसम्बन्धि तालिम बिहीबार (हिजो) सम्पन्न भएको हो।
बालबालिकाहरुको वस्तुगत विवरण तयारीका लागि घरधुरी सर्वेक्षण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिम वडा नं ५, ६, ७ र ८ मा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।
तालिममा सम्बन्धित वडाहरुको विद्यालयबाट प्रतिनिधित्व गरेर शिक्षक तथा शिक्षिकाको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।