एजेन्सी। एसियाली विकास बैंक (एडिबी) ले भारतको पूर्वाधार र सामाजिक विकासका लागि सहयोग प्रस्ताव गरेको छ। एडिबीका अध्यक्ष मासात्सुगा असाकावा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबी बिहीबार भएको भेटमा अध्यक्ष असाकावाले भारतलाई २० देखि २५ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेका हुन्।
यो सहयोग ५ वर्षको अवधिमा हुने र यसले भारतको द्रुत, समावेशी र हरित वृद्धिलाई सहयोग पुर्याउने एडिबीको अपेक्षा छ।
भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायुसँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्नको लागि सहयोग रकम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यसले एडिबीको देशीय सहकार्य रणनीतिलाई पनि सहयोग पुग्नेछ । यो रणनीतिक २०२३ देखि थालनी भएर २०२७ मा सम्पन्न हुनेछ ।