सिन्धुपाल्चोक। स्वर्गीय गायक तथा कलाकार जयनन्द लामाको सालिक निर्माण गरिएको छ। उनको जन्मभूमि बाह्रबिसे नगरपालिका–३ धार्पाको थिङटोलमा १२ फिटको सालिक निमार्ण गरिएको हो।
लामाको परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको सालिक निमार्ण गरिएको छ । सालिक निमार्णका लागि बाह्रबिसे नगरपालिकाले ४ लाख, नुवाकोटको ककनी गाउँपालिका र आफन्तको सहयोगमा सालिक निर्माण गरेको हो । जयनन्द लामा स्मृति कोषले ८ लाख बजेटमा सालिक निमार्ण गरेको बताइएको छ।