काठमाडौं। १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
कार्यालयले आज (मङ्गलबार) सूचना प्रकाशित गर्दै कालोसूचिमा राखिने चेतावनी दिएको छ। कालो सूचीमा राख्नु नपर्ने केही कारण भएमा ३० दिन भित्र स्पष्टीकरण बुझाउन अनुरोध गर्दा समेत केही चासो नदेखाएपछि कार्यालयले पुनः सूचना जारी गरेको छ। यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा लिखित स्पटीकरण पेश गर्न १४ वटा निर्माण व्यवसायीलाई कार्यालयले अनुरोध गरेको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि कालोसूचिमा राखिने कार्यालयले जनाएको छ।
