सिरहा। सिरहा जिल्लाको लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।
गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो ।
यो योजनाले चालु आर्थिक वर्षमा ती बस्तीका ३४० घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ ।
नगरपालिकाले २६९ लालपुर्जाविहीन घरपरिवारलाई धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि तीन हजार ७ सय २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । ‘विकन’ योजनाले धारा जडान गर्ने सामग्रीका लागि रु तीन हजार दुई सय २० सहयोग गरिरहेको छ ।