एजेन्सी। मध्य ग्रीकमा गत मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५७ पुगेको हो।
दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको छ। घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले जनाएका छन्।