पर्सा। पर्सा जिल्लाको पोखरीया नगरपालिकाले बेरोजगार फारम उपलब्ध गराउन वडा कार्यालयलाई निर्देशन दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै दर्ता भएका बेरोजगार फारम उपलब्ध गराउन निर्देशन दिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरुले दर्ता गराएका रोजगार सूचना प्रणालीमा प्रविष्ट गर्नको लागि निर्देशन दिएको नगरपालिकाले जनाएको छ।
दर्ता भएका फारामहरुबीच छानबिन गरी वडाध्यक्षहरुको सिफारिसमा दर्ता अनुरोध गरिएको छ। सूचना प्रकाशित भएको ३ दिनभित्र सो फारम बुझाउन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।