काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा एक घर एक धारा निर्माण भएको छ। गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा ुएक घर एक धाराु सहितको खानेपानी आयोजना निर्माण भएको हो।
उक्त आयोजनाबाट २९ घरधुरीका १५९ जनसंख्या लाभान्वित भएका स्थानीयले बताएका छन्। मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको समेत हटेको उनिहरुको भनाइ छ।
कूल २६ लाख ७४ हजार ३१४ रुपैयाँ लागत अनुमान गरिएको थियो। वेल्फेयरको १७ लाख ६ हजार ८९७ र उपभोक्ताको ९ लाख ६७ हजार ४१६ रुपैयाँको लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ।
गत फागुन ६ गते सम्झौता भएको आयोजना चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सोमवार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो।