काठमाडौं। जनकपुरधाममा छठ पर्वमा अर्घ दिनका लागि बनाउन लागिएको घाटको विषयमा २ समुदायबीच भएको विवादले उग्ररुप लिए पछि हाल त्यहाँको अवस्था तनावपुर्ण बनेको छ। वडा नंं. २० अनतर्गत रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पुजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि सो विवाद सुरु भएको थियो।
उक्त विषयलाई लिएर शनिबार हिन्द् संगठनका समुह जनकपुरधामा नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था अझ तनावपुर्ण बनेको हो। सो स्थितिलाई नियन्त्रन गर्नको लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको साथै झडपको क्रममा २ जना प्रहरी सहित ३ जना घाइते पनि भएका छन्। प्रहरीले झडप नियन्त्रणको लागि १ दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार गरेको धनुषा प्रहरी उपरिक्षकले जनाएका छन्। यो भन्दा अगाडी हिन्दु र मुसलमान समुदायबीचको विवादले ४ जना घाइते भएका थिए।
उक्त विषयलाई लिएर शनिबार पनि झडप भएको हो। सो अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यलयले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ भने जनकपुरधाम जनही सडकखण्ड पुर्णरुपमा प्रहरीले बन्द गरेको छ। भेला, जुलुस, प्रदशैन, घेराउ, र्यालि, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी २०७८ कात्तिक द्द७ दिउँसो २ बजेदेखि कात्तिक २८ राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।