काठमाडौं। चन्द्रागिरीमा हिमपात भएको छ । काठमाडौ उपत्यकामा शुक्रबारदेखि भएको सामान्य वर्षासँगै चिसो बढेपछि चन्द्रागिरीमा हिमपात भएको हो ।
चन्द्रागिरी शनिबार बिहानदेखि हिउँ परेको भालेश्वर मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिनुभएको छ । चन्द्रागिरीमा यसअघिका वर्षमा हिउँदमा हिउँ पर्ने गरेको थियो । तर यसपटक भने हिउँदमा हिउँ परेको थिएन । शुक्रबार र शनिबारको वर्षासँगै सामान्य हिमपात भएको हो । हिउँ बाक्लो भने परेको छैन ।
पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन् । चन्द्रागिरीमा यतिखेर हिउँ खेल्नेको घुँइचो