काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम दुई सातापछि शुरु भएको छ । आइतबारबाट सुरुङको बाहिर र भित्र सबैतिर काम शुरु भएको हो ।
गत कात्तिक ११ गते एक कामदारको मृत्यु भएपछि ठप्प भएको काम आइतबारदेखि शुरु गरिएको आयोजनाले जनाएको छ ।
अहिले सुरुङको भौतिक प्रगति २३ प्रतिशत छ । निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जाँदा प्रगति भने बढ्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नुपर्ने छ । अब १८ महिना मात्र बाँकी छ । यो समयभित्र सुरुङ निर्माणको काम सकिने आयोजनाको दाबी छ ।
मुआब्जाको विषय नटुङ्गिदै ठेक्का भएपछि निर्माणको काम लामो समय अघि बढ्न सकेको थिएन । सुरुङको दूरी २।६८ किलोमिटर छ । साढे २२ अर्ब रुपैयाँमा ठेक्का लगाइएको हो जसमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको लगानी छ ।