काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वले स्पष्ट नीति र अडान लिन नसक्दा फाइभजी परीक्षण मिति सरेको छ ।
प्राधिकरणले आगामी पुस मसान्तसम्म पहिलो चरणको परीक्षण शुरु गर्ने योजना सार्वजनिक गरेको थियो । कात्तिक महिनाको अन्तिम साता आइपुग्दा फाइभजी परीक्षणको लागि आवश्यक पूर्वाधारमा कुनै पनि काम हुन सकेको छैन ।
कुन फ्रिक्वेन्सी प्रयोग गर्ने भन्नेमा अल्योल छ । साथै, परीक्षणका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सी उपकरण आयातको लागि पनि प्रकृया अगाडि बढेको छैन ।
परीक्षण शुरु गर्ने महिनादिन अघिसम्म कुनै काम नभएकाले प्राधिकरणले समयमै परीक्षण शुरु नगर्ने पक्का भएको छ ।