काठमाडौं। मनकामना केबलकारमा कोभिडपछिको सबैभन्दा यात्रुले यात्रा गरेका छन्। मनकामना केवलकारमा शुक्रबार एकै दिन १० हजार यात्रुले यात्रा गरेका हुन्।
कम्पनीले कोभिडपछि सबैभन्दा बढी यात्रु आएको बताउँदै नयाँ वर्षमै उत्साह थपिएको बताएको छ। कोभिड अघि सबैभन्दा बढी १० हजार ८ सयले मनकामना केवलकार चढेका थिए।
आन्तरिक पर्यटकका कारण यो सबै भएको बताइएको छ। चैतसम्म साढे ७ लाख यात्रुले मनकामना केवलकार चढेका थिए।
कम्पनीले यो केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ।