बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा खेल मैदान निर्माण गरिएको छ। उक्त खेल मैदन चन्दा संकलन गरेर निर्माण गरिएको हो।
घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा संकलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन्।
क्लबले गाउँपालिकाबाट १४ लाख तीस हजार रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदाय स्तरबाट ३४ लाख ७७ हजार रुपैयाँ सहयोग जुटाएको जनाएको छ।
खेल मैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडीहरु बताउछन्।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले चार लाख ५० हजार रुपैयाँमा किनेर क्लबलाई उपलब्ध गराएको ४ रोपनी जग्गामा ३० मिटर लम्बाई र १७ मिटर चौडाई भएको खेलमैदान निर्माण गरिएको हो।