काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ। कार्यालयले समयमा काम नगर्ने र विभिन्न आयोजना अलपत्र पार्ने ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो।
कार्यालयले आज (बिहीबार) सूचना जारी गर्दै समयमा काम नगर्ने र निर्माण कार्य अलपत्र पार्ने ९ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी सुरु गरिएको जनाएको हो।
कार्यलयका अनुसार यसअघि पनि ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने केही कारण भए स्पष्टीकरण पेश गर्न सूचना जारी गरिएको थियो। तर उक्त समयमा कुनै पनि निर्माण व्यवसायीले वास्ता नगरेको कारण अहिले अर्को अन्तिम सूचना जारी गरिएको कार्यालय जनाएको छ।
यस समय अवधिमा पनि चित्तबुझ्दो स्पष्टीकरण नआएमा स्वतः रुपमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।
यी निर्माण व्यवसायीहरुले ७ दिनभित्र अनुगमन कार्यालयमा स्पष्टीकरण पेश नगरेमा स्वतः कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।
