काठमाडौं। टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत छन् सोङबीच बिहीबार भएको भेटमा उक्त सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको हो।
सरकारले लगानी पर्याप्त जुटाउन नसक्दा उक्त आयोजना अघि बढ्न सकेको छैन। भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका अर्थमन्त्रालयले जनाएको छ।
मन्त्री डा. महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताएका छन्।