सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–५ कालीमाटीमा रंगशाला निर्माण गरिएको छ। झण्डै दुई हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिएको हो।
कमलामाई नगरपालिकाका अनुसार बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख ५४ हजार रुपैयाँको लागतमा रंगशाला निर्माण गरिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाइबाट रंगशाला निर्माण गरिएको हो।
रंगशालामा एक सय मिटर प्याराफिटमा सात वटा कोठा, चेन्जिङ रुम र सुविधा युक्त शौचालय निर्माण कार्य सम्पन्न भएको छ। टेण्डर अनुसार मैदानको गेग्रान हटाएर झार उमार्ने, घेराबार, गेट निर्माण लगायतका अधुरा काम यसै आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ।
धुलिखेल निर्माण सेवा रंगशाला निर्माण गरेको हो। उक्त निर्माण कम्पनीले तोकिएको समयमा नै निर्माण सम्पन्न गरेको हो।