खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ माटिकोरेस्थित फुटबल रंगशाला निर्माण रोकिएको छ। सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हो।
सम्झौता भएको एक वर्ष समय बितिसक्दा पनि निर्माण नभएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन्।
निर्माणको ठेक्का लिएको निर्माण कम्पनी आशीर्वाद।मोहन एन्ड गाउँबेंसी।इन्द्रलक्ष्मी कन्स्ट्रक्सनले २०८१ वैशाख २८ सम्म सक्ने गरी २०७९ वैशाख २९ मा सम्झौता गरेको थियो । नगरपालिकाको २ करोड ९६ लाख ४१ हजार ४ सय ९५ रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिएको नगरपालिकाले बताएको छ। यसमध्ये पेस्कीबापत २९ लाख ६४ हजार निर्माण कम्पनीले लिएको छ ।
भीआईपी र साधारण गरी दुई प्यारापिट निर्माण लगायतका काम गर्नुपर्ने भएपनि अहिलेसम्म कामको प्रगति देखिएको छैन । निर्माण स्थलमा भवन भत्काउनुपर्ने र त्यसका लागि नगरपालिकाले नै निर्णय नगरेकाले ढिलाइ भएको निर्माण कार्यमा संलग्न व्यक्तिहरुको भनाइ रहेको छ। त्यही भवन भत्काउने निर्णय नभएकोले निर्माण रोकिएको बताइएको छ।