काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याएर काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको खानेपानी आजदेखि बन्द हुने भएको छ । मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि केही समयका लागि पानी बन्द गर्न लागिएको हो।
मेलम्ची खानेपानी आयोजनाले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने बताएको छ। सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो।
गत मंसिर अन्तिम साता मेलम्चीको खानेपानी आधा वर्षपछि पुनः काठमाडौं उपत्यकाका बासिन्दाका धारासम्म ल्याएर वितरण थालिएको थियो ।