सडक नभएको कारण यो वर्ष मनाङमा उत्पादन भएको स्याउ बजारमा पुर्याउन सकेको छैन । विगतका वर्षहरुमा यतीबेला स्याउ बजारमा पुगिसक्थ्यो जसले गर्दा यो समयमा स्याउ टिप्न चटारो हुन्थ्यो तर यो वर्ष भने उपभोक्ताहरु सडकको अभावमा स्याउ बारीमा नै कुहेर जान्छ की भन्ने त्रासमा छन् ।
यसपालीको बाढी पहिरोको कारणले गर्दा स्याउखेती गर्ने किसानहरु अघिल्लो वर्षहरुमा भन्दा बढी समस्यामा परेका छन् । सय रोपनि छेत्रफल भएकोजग्गामा लगाएको स्याउखेतीमध्ये ३० रोपनी पहिरोले लग्दा ४० लाख क्षति भएको छ । दशैं अघिसम्म सडक सुचारु हुने आशाले किसानहरु स्याउ प्याकिङको काममा लागेका छन् । दशैंसम्म सडक निर्माण भएमा बजारमा स्याउ पुर्याउन सक्ने उनिहरुको भनाई रहेको छ ।
डुम्रे–बेंशीसहर देखि सदरमुकाम चामेसम्म असोजभित्रमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सडक मर्मत तथा सम्भार गर्नको लागी निरन्तर वर्षाले अवरोध पुर्याएको छ । दशैंभन्दा अगाडी नै जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजना निमार्ण गरी मर्मत सम्भारको काम भइरहेको छ ।
माथिल्लो मनाङ जाने सडक एक सय सात किलोमिटरमध्ये लमजुङको बेशीसहरदेखि नासो गाउँपालीका खात्रेसम्म ३५ किलोमिटर सडक निर्माण भइसकेको छ साथै तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सामाग्री उपल्बध सँगसँगै निर्माण कार्य पनि भइरहेको छ । साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर माथिल्लो र तल्लो मनाङ जोड्नको लागि सडक निर्माण कार्य भइरहेको छ । सडक निर्माण पश्चात सामान ढुवानी साथै त्याँहाका सर्वसाधारनलाई आवत जावतमा सहज हुनेछ ।